राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटपछि मतदाता नामावली सम्बन्धी अध्यादेश जारी

बुधबार, ०८ असोज २०८२

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीबीच भएको भेटवार्तापछि मतदाता नामावली सम्बन्धी अध्यादेश जारी भएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मतदाता नामावली ऐन, २०७३ संशोधन गर्ने अध्यादेशमा हस्ताक्षर गरेका छन्।

सरकारका अनुसार यो अध्यादेशले निर्वाचन कानुनसम्बन्धी जटिलता हटाउने काम गर्नेछ। हालको कानुनअनुसार निर्वाचन मिति तोकिसकेपछि नयाँ मतदाताको नाम मतदाता नामावलीमा दर्ता गर्न नपाइने प्रावधान रहेको थियो।

मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) अनुसार निर्वाचन मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन भन्ने व्यवस्था गरिएको थियो। यस प्रावधानलाई सच्याउन अध्यादेश ल्याइएको हो।

6-8_अधयदश-जर_वजञपत-1489x2048_gArVzeqS87

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार