काठमाडौँमा रिभल्वर र बिनेटसहित एक जना पक्राउ

शुक्रबार, १० असोज २०८२

काठमाडौँ : काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ नयाँ बस्तीबाट प्रहरीले रिभल्वर र बिनेटसहित एक युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पूर्णिमा चन्दका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका २१ वर्षीय विजय तामाङ रहेका छन् ।

प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले तामाङ बस्दै आएको कोठामा तलासी गर्दा रिभल्वर एक थान र बिनेट एक थान बरामद भएको हो ।

पक्राउ परेका तामाङका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार