इटहरी र धरानको सीमामा राखिएको बोर्ड युवा संघले हटायो, मेयर साम्पाङद्वारा आपत्ति

सोमबार, ११ बैशाख २०८०
इटहरी । धरानका मेयर हर्क साम्पाङले इटहरी र धरान छुट्याउने ‘सीमा बोर्ड’ अराजक शैलीमा राखेको भन्दै राष्ट्रिय युवा संघ इटहरी नगर कमिटीले निकालिदिएको छ । युवा संघले एकतर्फी निर्णयले सीमा बोर्ड राख्न नहुने बताउँदै आइतवार राती ११ बजे निकालेको हो । युवा संघ इटहरी नगर कमिटी अध्यक्ष कमलबाबु दाहालले नगर प्रमुखको गलत शैलीका कारण प्रतिकारमा उत्रिनु परेको बताए । उनले सीमा बोर्ड राख्ने विषयमा दुवै तर्फका स्थानीय सरकार बसेर छलफल गरेर बिबादरहित काम गर्नु पर्ने माग राखे । बोर्ड हटाइएपछि धरान उपमहानगर प्रमुख साम्पाङले आपत्ति जनाएका छन् । नगर सरकार गरेको निर्णयमा युवा संघको हस्तक्षेप स्वीकार्य नहुने भन्दै कानुनी उपचारमा लाग्ने बताएका छन् । आज सोमबार बिहानै सामाजिक सञ्जालमार्फत् उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले लेखेका छन्, ‘धरानले आफ्नो साँध सिमाना सुनिश्चित गर्दा युवा संघ तरहराले बोर्ड निकाल्नु पर्ने किन र कुन हैसियतले त्यो गरेको हो ? अब कानुनी कारवाही अघि बढ्छ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार