अमेरिकाको एक चर्चमा गोलीकाण्ड र आगजनी : चारजनाको मृत्यु, आठ घाइते

सोमबार, १३ असोज २०८२

काठमाडौँ : अमेरिकाको मिचिगनको ग्रान्ड ब्ल्याक टाउनसिपस्थित चर्च अफ जीसस क्राइस्ट अफ ल्याटर–डे सेन्ट्समा आज भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु भएको छ । घटनामा अन्य आठ जना घाइते भएको प्रहरीले बताएको छ ।

उक्त घटना चर्च अफ जीसस क्राइस्ट अफ लेटर–डे सेन्ट्स नामक गिर्जाघरमा भएको हो । प्रहरी प्रमुख विलियम रेनेका अनुसार, हमलामा संलग्न ४० वर्षीय थोमस ज्याकब स्यानफोर्ड हुन् ।

अधिकारीहरूका अनुसार, ठूलो सङ्ख्यामा प्रार्थना चलिरहेको बेला ती बन्दुकधारीले गाडी चर्चको अगाडिको भागमा ठोक्काए । गोली चलाउन थाले र त्यसपछि आगो लगाए, जसले ठूलो आगजनीमा परिणत भएको थियो । प्रहरीले जलेको भवनभित्र अझै अन्य पीडितहरू फेला पर्न सक्ने आशङ्का गरेको छ ।

प्रहरीका अनुसार, अधिकारीहरूले बन्दुकधारीसँग गोली हानाहान गरेर उनलाई मारेका छन् । अनुसन्धानकर्ताहरूले थोमस जेकब स्यानफोर्ड नजिकैको बर्टन सहरका बासिन्दा रहेको बताएका छन् ।

ग्रान्ड ब्ल्याक मिचिगनको फ्लिन्टको एउटा उपनगर हो र यो डेट्रोइटबाट करिब एक घण्टाको ड्राइभमा उत्तरतर्फ पर्छ ।

यो गिर्जाघर न्यूयोर्कमा १९औँ शताब्दीमा जोसेफ स्मिथद्वारा स्थापना गरिएको थियो । गिर्जाघरको मुख्यालय हाल साल्ट लेक सिटीमा छन् । र, २०२४ मा १७ मिलियनभन्दा बढी सदस्यहरू रहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार