सिके राउतले भेटे एमाले अध्यक्ष केपी ओली

विहीबार, २२ मंसिर २०७९
जनमत पार्टीका अध्यक्ष सीके राउतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । निर्वाचित भएपछि उनी निरन्तर राजनितिक भेटवार्तामा छन् । पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पनि भेट गरेका छन् । स्मरण रहोस उनै यादवलाई पाखा लगाउदै राउत पहिलोपटक सांसद बनेका हुन् । राउतले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेट गरेका छन् । यी तीन नेतासँग गरेको भेटको तस्वीर राउतले बुधबार साँझ आफ्नो फेसबुकमा राखेका छन् । राउतले यसअघि नै प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत विभिन्न राजनीतिक दलका नेताहरुसँग भेट गरिसकेका छन् । केही दिन अघि राउतले राष्ट्रपति बिध्या देवि भण्डारीसँग पनि भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार