तनहुँ-१ : २५ हजार मत गन्दा स्वर्णिम वाग्लेको अग्रता कायमै

सोमबार, ११ बैशाख २०८०
तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । दमौलीमा जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले १२ हजार ७०५ मत प्राप्त गरेका छन् । कुल २५ हजार ३६९ मतगणना सकिँदा स्वर्णिमले एमाले र कांग्रेसका उम्मेदवारले पाएको कुल मत भन्दा पनि  बढी पाएका हुन् । कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ७ हजार ६४७ मत तथा एमालेका सर्वेन्द्र खनालले ४ हजार २२० मत पाएका छन् । तनहुँ १ मा गएरातिदेखि मतगणना सुरु भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार