केपी ओली र रमेश लेखकविरुद्ध जाहेरी लिन प्रहरी तयार

मंगलबार, २१ असोज २०८२

काठमाडौं । जेन जी आन्दोलनमा दमन गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीले जाहेरी लिने भएको छ । यसअघि प्रहरीले जाहेरी लिन अस्वीकार गरेको थियो ।

यद्यपि प्रहरीले त्यो जाहेरी दर्ता गरेर आफैंले अनुसन्धान भने गर्ने छैन । प्रहरीले जाहेरी लिने तर दर्ता भने नगर्ने भएको हो । प्रहरीले जाहेरी लिएर त्यसलाई पूर्व न्यायाधीश गौररीबहादुर कार्की नेतृत्वको न्यायिक जाँचबुझ आयोगमा बुझाउनेछ । आयोगले यस विषयमा अनुसन्धान गरिरहेको छ ।

जेन-जीबाट पूर्वप्रधानमन्त्री ओलीसहितलाई पक्राउ गर्न दबाब बढेपछि सोमबार बेलुकी बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीले चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी थिइन् । बैठकपछि प्रहरी जाहेरी लिन तयार भएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार