काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिने तयारी गरेको छ ।
२४ भदौमा जेनजी आन्दोलनको क्रममा संसददेखि सिंहदरबार र प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी भएको विषयमा आजै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिन लागेका हुन् ।
आन्दोलनमा मृत्युवरण गरेका र घाइतेहरूका तर्फबाट शीर्ष नेताहरुलाई पक्रन माग गर्दैै जेनजी प्रतिनिधिहरुले आजै जाहेरी दिएका छन् ।
प्रतिक्रिया