चितवन। नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिलेको अवस्थामा निर्वाचनबाहेक अर्को उत्तम विकल्प नरहेको बताएका छन्।
बिहीबार चितवनमा आयोजित एक कार्यक्रममा प्रचण्डले देशको वर्तमान राजनीतिक अवस्थाले अब निर्वाचनबाहेक अर्को उत्तम विकल्प नदिएको स्पष्ट पार्दै सबै दलहरू निर्वाचनतर्फ उन्मुख हुनुपर्ने बताएका हुन्।
प्रचण्डले अहिले निर्वाचन होला कि नहोला भन्ने आशंका उत्पन्न हुनु स्वभाविक भएपनि तोकिएको समयमा निर्वाचन हुने भएकाले त्यसको तयारी गर्न नेता कार्यकतालाई निर्देशन समेत दिए।
पार्टीभित्रको अन्तरविरोधका बारेमा चिन्ता नलिन आग्रह गर्दै उनले पार्टी एकढिक्का भएर अघि बढ्ने स्पष्ट पारे। माओवादी केन्द्र अहिले ट्रयाकमा आएको उनको भनाइ छ।
पार्टी एकताको सन्दर्भमा संयोजक प्रचण्डले लामो समयदेखि छलफलमा रहेको वाम एकता अब निष्कर्षमा पुग्न लागेको जानकारी दिए। समाजवादी मोर्चाभित्रको पार्टी एकता पहिलो चरणमा हुने उल्लेख गर्दै प्रचण्डले केहिदिनमा घोषणा समेत हुने जिकिर गरे।
प्रतिक्रिया