काठमाडौं । जेनजीका नाममा सरकारी कार्यालयमा गएर धम्क्याउने अर्जुन शाही प्रहरी सहायक निरीक्षक (असई) को परिचयपत्र देखाएर होटलमा बसेको खुलेको छ ।
हिजो कोटेश्वरबाट पक्राउ परेका शाहीमाथि अनुसन्धानका क्रममा असईको परिचयपत्र देखाएर चावहिलको एक होटलमा बसेको खुलेको हो ।
उनले असई कुमार शर्माको परिचयपत्र दुरूपयोग गरेका हुन् । प्रहरीले उक्त परिचय पत्र जेनजी आन्दोलनका क्रममा हराएको र शाहीले भेट्टाएर दुरूपयोग गरेको बताएको छ ।
शाही यसअघि पनि बैंकिङ कसुर, वैदेशिक रोजगारी ठगीलगायतका विभिन्न आपराधिक मुद्दामा फरार रहँदै आएका थिए ।
प्रतिक्रिया