झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु

विहीबार, ३० असोज २०८२

झापा । झापाको मेचिनगर नगरपालिका–१५ निलकोठीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। स्थानीय ४२ वर्षीय सन्तोष लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ।

आज (बिहिवार) दिउँसो करिब २ बजेर ३० मिनेटको समयमा लिम्बु आफ्नै घर नजिकैको टिमाई नहर (कुलो) मा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक करेन्ट लागेर बेहोस भएका थिए। उनलाई तत्काल उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी पठाइएको थियो। तर अस्पताल पुगेलगत्तै ३ बजे समयमा चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार