मन्त्री बन्नुअघि विवादमा आएका खगेन्द्र सुनारसगँ अदालतले माग्यो ५० हजार धरौटी

विहीबार, १३ कार्तिक २०८२

काठमाडौँ । श्रम मन्त्री बन्न लाग्दा विभिन्न काण्ड बाहिरिएपछि शपथग्रहणमा रोकिएका खगेन्द्र सुनारसँग काभ्रेपलाञ्चोक जिल्ला अदालतले ५० हजार धरौटी माग गरेको छ ।

विद्युतीय कारोबार ऐन बमोजिम पक्राउ पुर्जी जारी भएपछि फरार रहेका भनिएका सुनार आजै अदालतमा हाजिर भएका थिए । थुनछेक बहसपछि अदालतले ५० धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

जिल्ला न्यायाधीश नगेन्द्रकुमार काला खेतीको एक इजलासमा भएको थुनछेक बहसपछि पछि ठहर बमोजिम हुनेगरी ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । उनी विरुद्ध अधिवक्ता मनीषा गौतमले साइबर अपराधको जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार