विराटनगरमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

बुधबार, १३ बैशाख २०८०
 विराटनगर / विराटनगर महानगरपालिका–४ कन्चनबारीमा ट्रकको ठक्करबाट बुधबार बिहान पैदलयात्रुको मृत्यु भएको छ ।   मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनील श्रेष्ठका अनुसार विराटनगरबाट बूढीगंगा, अर्थात दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना ४ ख ८६७९ नम्बरको ट्रकले बिहान ७ः१५ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो । ट्रकको ठक्करले सडक पार गरेर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका अन्दाजी ५५÷६० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको श्रेष्ठले बताए । मृतकको पहिचान खुलेको छैन । ट्रकको ठक्करबाट मृत्यु भएका पुरुषको शव सडकमै क्षतविक्षत अवस्थामा रहेको छ ।   मृतकको पहिचानको प्रयास गर्दै दुर्घटनाका बारेमा अनुसन्धान थालिएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । उनका अनुसार ट्रक र चालक मोरङको रंगेली घर भएका अन्दाजी ३६ वर्षीय सुनील सरदारलाई नियन्त्रणमा लिइएको छ । ट्रकको तीव्र गति र पैदलयात्रुले लापरबाहीपूर्ण तरिकाले सडक पार गर्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार