झापा आइपुगे पूर्वराजा शाह

बुधबार, १९ कार्तिक २०८२

झापा ।  पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार झापा आइपुगेका छन्। उनी आज बुधबार दिउँसो काठमाडौँबाट बुद्ध एयरको नियमित उडान BHA ९५५० मार्फत झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेका हुन् । 

विमानस्थलमा उनलाई स्वागत गर्न राप्रपाका केन्द्रीय प्रवक्ता एवं कोशी प्रदेशसभा सदस्य भक्ती सिटौला, भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, हाल्दिबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्र लिङ्देन लगायत करिब ६० जना राजावादी समर्थकहरू पुगेका थिए।

पूर्व राजासँगै पूर्व रानी कोमल राज्यलक्ष्मी देवी शाह, छोरी प्रेरणा राज्यलक्ष्मी देवी सिंह, शोभा शाहीसहित सात सदस्यीय टोली झापा आएको थियो। विमानस्थलको विशिष्ट कक्षमा छोटो भेटघाट र स्वागत कार्यक्रमपछि पूर्वराजा शाह अपराह्न बा २१ च ७३१८ नम्बरको गाडीमा दमक नगरपालिका–९ स्थित हिमालयन महालक्ष्मी टी स्टेटको मिनी दरबार तर्फ प्रस्थान गरेका छन् ।  पूर्वराजको यो भ्रमण निजी रहेको र उनी  केही दिन झापामै बस्ने कार्यक्रम रहेको बताइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार