पोखरा सहकारीको रकम हिनामिना आरोपमा अध्यक्षसहित ७ जना पक्राउ

बुधबार, १९ कार्तिक २०८२

पोखरा ।  पोखरा बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेकाे आरोपमा बुधबार बिहान अध्यक्षसहित ७ जना पक्राउ परेका छन् । सहकारीको ८८ करोड ७० लाख रुपैयाँ रकम हिनामिना गरेकाे आराेपमा उनीहरुलाई कास्की प्रहरीले पक्राउ गरेकाे हाे ।

सहकारीका अध्यक्ष सुरेन्द्रबहादुर गोदार, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, उपाध्यक्ष शम्भुराज बास्तोला, सचिव दिलबहादुर केसी खत्री, ऋण संयोजकसमेत रहेका कोषाध्यक्ष हिरामणि दाहाल, सञ्चालक समितिका पूर्वसचिव ईन्द्रप्रसाद द्वा र सञ्चालक समिति सदस्य दोर्जे तामाङ पक्राउ परेकाे प्रहरीले बताएकाे छ ।

सहकारीको रकम हिनामिना गरेको आरोपमा प्रहरीले अध्यक्ष, व्यवस्थापकसहित वर्तमान तथा पूर्व पदाधिकारीलगायतलाई अनियमित ढंगले दुरुपयोग गरेको र साथ दिएको आरोपमा पक्राउ गरेको हो । प्रहरीले जरुरी पक्राउ पुर्जीका आधारमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालेको हो । उनीलाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरेर अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार