महाधिवेशनसम्बन्धी आएका दुई कार्यतालिका व्यक्तिगत हुन् : कार्यवाहक सभापति खड्का

बुधबार, १९ कार्तिक २०८२

काठमाडौँ । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनसम्बन्धी कार्य तालिका व्यक्तिगत भएको बताएका छन् ।

जारी केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति खड्काले महाधिवेशनसम्बन्धी पेस भएको दुई वटा कार्यतालिका व्यक्तिगत भएको धारणा राखेको केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिए ।

उनले भने, ‘दुई वटा कार्यतालिका पार्टीको भन्दा पनि व्यक्तिगत रूपमा आएका कार्यतालिका हुन् । जिम्मेवारी र भूमिका केन्द्रीय सदस्यहरूले गरे । सहमहामन्त्रीले गरे । त्यो व्यक्तिगत कार्यतालिका हुन् भनेर पार्टीको कार्यवाहक सभापतिले भनिसक्नुभएको छ ।’

त्यस्तै, उनले देश साँच्चै अप्ठ्यारोमा भएको बेला सरकारले निर्वाचन घोषणा गरेको भन्दै त्यो निर्वाचनबाट कांग्रेस भाग्यो भने निर्वाचन हुन नसक्ने बताए । काँग्रेसले निर्वाचनमा भाग लिएर मुलुकलाई स्थिरतातिर लैजाने उनको भनाई छ ।

‘अब उचित समाधान खोज्ने हो । देश साँच्चै अप्ठ्यारोमा भएको बेला सरकारले निर्वाचन घोषणा गरेको छ त्यो निर्वाचनबाट कांग्रेस भाग्यो भने निर्वाचन हुन सक्ला त ?त्यसो भएर निर्वाचनमा भाग लिएर मुलुकलाई स्थिरतातिर लैजानु छ त्यही कुरामा कांग्रेस पुग्छ ।’ उनले भने ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार