मोरङको केराबारीमा जंगली हात्तीले आक्रमण गर्दा २८ वर्षीय युवक घाइते

बुधबार, ०३ मंसिर २०८२
तस्बिर : फाइल

इटहरी । मोरङको केराबारी गाउँपालिका–६ आहाले टोलमा बुधबार राति जंगली हात्तीको आक्रमणमा परी एक युवक घाइते भएका छन्।

आज (बुधबार) विहानको राति करिब १२ः३० बजे घर फर्किने क्रममा आहाले सामुदायिक वनतर्फबाट आएको हात्तीले २८ वर्षीय कृष्णबहादुर बिकमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ।

कृष्णबहादुर छिमेकी लालबहादुर जर्गा मगरको घरबाट आफ्नो घरतर्फ जाँदै गर्दा अचानक हात्तीले आक्रमण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

 आक्रमणपछि उनको शरीरका विभिन्न भागमा चोट लागेको र तत्काल उपचारका लागि धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) पुर्‍याइएको प्रहरीले जानकारी दिएको छ। अस्पतालले उनको अवस्था मध्यम रहेको र उपचारमा उनका आफन्त संलग्न रहेको जनाइएको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय केराबारीबाट प्रहरी बरिष्ठ नायव निरीक्षक मनोज अधिकृतको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। प्रहरी टोलीले घटनास्थल र आसपासको क्षेत्रको थप विवरण संकलन गरिरहेको जनाएको छ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार