काठमाडौँ । प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने माग राख्दै आएको दल नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गराएको छ । बुधबार एमालेले निर्वाचन आयोगमा आफ्नो दल दर्ता गराएको हो ।
एमालेले नियमित प्रक्रियाको रूपमा दल दर्ता गराएको तर आफ्नो मुख्य माग भने प्रतिनिधिसभा पुन:स्थापना नै भएको बताएको छ । संसद् पुन:स्थापनाको आफूहरूको माग कायम राख्दै निर्वाचन आयोगमा दल दर्ता गरेको एमालेले जनाएको छ
प्रतिक्रिया