मोरङको कानेपोखरीमा करेन्ट लागेर एकजनाको मृत्यु

विहीबार, १४ बैशाख २०८०
विराटनगर । मोरङको कानेपोखरीमा करेन्ट लागेर बुधबार राति शारीरिक रूपमा अशक्त पुरुषको मृत्यु भएको छ । इलाका प्रहरी पथरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार विद्युतको तार मुखमा लगाउँदा कानेपोखरी गाउँपालिका–२ ओझाका ४० वर्षीय भुटाई केवरतको मृत्यु भएको हो । घरमै राति ८ः३० बजेतिर करेन्ट लाग्दा केवरतको घटनास्थलमै मृत्यु भएको थियो । विद्युत प्रवाह भइरहेको नांगो तार मुखमा लगाउँदा करेन्ट लागेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । शवलाई पोस्मार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पुर्याइएको छ । स्थानीयका अनुसार सुस्त मनस्थितिका मृतक केवरत शारीरिक रूपमा अशक्त पनि थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार