इलामका बाढी प्रभावित नागरिकलाई राहत वितरण

सोमबार, ०८ मंसिर २०८२

इलाम: इलाम नगरपालिका ८ का बाढी प्रभावित बासिन्दालाई राहत वितरण गरिएको छ । रोटरी क्लब अफ काठमाडौँ र भोलेन्टियर कर्प अफ नेपालले इलामबाट सञ्चालित इलाम ग्रीन मिडिया प्रालिको संयोजनमा सो सामाग्री वितरण गरेको हो ।  

सो वडामा १० वटा टोल संस्थामा एकसय ४० परिवारलाई जाडोमा ओड्ने कम्बल र ब्रिटिस एड्सले पठाएको इमरजेन्सी सेट वितरण गरिएको छ । 

दुखमा मलहम लगाउन सो सहयोगले ठुलो राहत मिल्ने अपेक्षा गरिएको इलाम मिडिया प्रालिका सञ्चालक राजेश पराजुलीले बताए । उनका अनुसार जिल्लाका अन्य स्थानमा समेत विभिन्न सामाग्री वितरण गरिएको छ । 

WhatsApp Image 2025-11-24 at 11.11.15 AM

राहत वितरण कार्यक्रममा भोलेन्टियर कर्पका दीपक चापागाईँ र रोटरी क्लब अफ काठमाण्डौका पारष रानाको समेत उपस्थिति रहेको थियो । इलाम नगरपालिकाकी उपप्रमुख विष्णु कुमारी दाहाल, इलाम नगरपालिका आठका वडाध्यक्ष दलमान तामाङ लगायतले पीडितलाई राहत वितरण गरेका थिए । 

इलाममा बाढी पछि सङ्कटग्रस्त जिल्ला घोषणा गरिएको छ । तर पर्याप्त राहत नआउँदा पीडितको अवस्था उस्तै छ । सङ्घीय सरकारले हालसम्म पाँच करोड ३२ लाख मात्र राहत पठाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार