नक्कली लालपूर्जा वितरण गर्दै रकम असुल्ने पक्राउ

शुक्रबार, १५ बैशाख २०८०
झापा । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नक्कली लालपूर्जा वितरण गरी रकम असुली गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर निवासी ज्ञानबहादुर गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । पक्राउ परेका गिरीले लालपूर्जा दिलाइदिने भन्दै काँकरभिट्टास्थित मेची डाँडाका सर्वसाधारणसंग रकम असुल गरेको आरोप छ । प्रहरीको नियन्त्रणमा रहेका गिरीले न्यूनतम १५ हजारदेखि ७५ हजार रुपैयाँसम्म रकम असुल गरेको पीडितहरुले बताएका छन् । आफूहरु ठगिएको भन्दै गत चैत १७ गते वडा कार्यालयमा स्थानीयले निवेदन दिएको र समस्या समाधान नभएपछि प्रहरीलाई खवर गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार