झापा : जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा भएको आगजनी घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिर्तामोड–३ का २४ वर्षीय सञ्जय मुसहर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
मुसहरलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्ता बजार क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनलाई पक्राउ गरी घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइएको छ।
प्रतिक्रिया