पहिचानको राजनीति होइन भँडुवा नीति हो : ओली

शुक्रबार, १५ बैशाख २०८०
इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले गरिरहेको संस्कृति र शान्तिपूर्ण व्यवहारका विरुद्ध केही मानिसले हमला गर्ने र ढुंगा हान्ने कार्य गरेको बताएका छन् । उनले पहिचानको नाम गरेर हमला गर्ने ढुंगा हान्ने काम राजनीति नभएर भँडुवा नीति भएको बताए । नेकपा एमाले जिल्ला कमीटी इलामले आयोजना गरेको जिल्ला अधिवेशन प्रतिनिधि परिषद बैठकको उद्घाटन गर्दै ओलीले ढुंगा हान्ने राजनीति र भँडुवा राजनीति छाडेर शान्तिपूर्ण रुपमा लाग्न पहिचानवादीहरुलाई आग्रह गरे । सांसद सुवास नेम्बाङले पहिचान र समावेशीताका लागि नेकपा एमालेले नै अग्रसर भएर लडाई लडेको स्मरण गरे । उनले देशले आर्थिक संकट ब्यवहोनुैपर्ने अवस्था आएको बताएका छन् । सरकारी कर्मचारीहरुले तलव खान नपाउने अवस्था श्रृजना भएको भन्दै सचेत हुनुपर्नेमा जोड दिए । कार्यक्रम उद्घाटन गर्न आएका अध्यक्ष ओली लगायतका नेतालाई पहिचानवादीहरुले मेची राजमार्गमा अवरोध गरेका थिए । उनीहरुले इलाम बजारमा जुलुस तथा कालो झण्डा देखाएका थिए । प्रदर्शन र कालो झण्डा देखाउने नौ जनालाई प्रहरीले पक्राउ गरी छाडेको थियो । कोशी प्रदेश नामाकरणको विरोधमा प्रदर्शनकारीले अध्यक्ष ओली लगायतका नेताविरुद्ध नाराबाजी गरेका हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार