दिगो विकास लक्ष्य हासिल गर्न प्रदेश सरकार प्रतिवद्धः मुख्यमन्त्री

शनिबार, १६ बैशाख २०८०
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संयुक्त राष्ट्रसङ्घले लिएको दिगो विकास लक्ष्य हाँसिल गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन सम्बन्धमा संसदीय अध्ययन तथा मूल्याङ्कन सम्बन्धी विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेपालले २०१५ मै दिगो विकास लक्ष्य, अवस्था र मार्गचित्र तयार गरी त्यसै अनुरुपका नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्दै आइरहेको स्मरण गराउँदै उनले मार्गचित्रले दिगो विकास लक्ष्यका १७ वटा लक्ष्यका १६९ वटा परिमाणात्मक लक्ष्यहरु अन्तर्गत सबै क्षेत्रमा गरी ४९४ वटा सूचक पहिचान गरेको जानकारी गराए । ‘संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रका हैसियतले नेपाल दिगो विकासका लक्ष्यहरुप्रति प्रतिवद्ध रहेको जानकारी गराउँदै मुख्यमन्त्री कार्कीले भने ‘विश्वव्यापी लक्ष्यका रुपमा पनि चिनिएको दिगो विकास लक्ष्य सहश्राब्दी विकास लक्ष्यको सफलतामा निर्माण गरिएका हुन् ।’ सन् २०१५ को सेप्टेम्बरमा विश्वका नेताहरुल संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमार्फत अनुमोदन गरेको यो एजेण्डा अन्तर्गत विश्वका १९३ देशहरुले विभिन्न १७ वटा लक्ष्यमार्फत सन् २०३० सम्ममा गरिवी अन्त्य गर्ने प्रतिवद्धता जाहेर गरेका मुख्यमन्त्री कार्कीले बताए । कार्यक्रममा सङ्घीय सचिवालयका सदस्य डा रोजराज पाण्डेले नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन अवस्था अध्ययन तथा मूल्याँङ्कन सम्बन्धी जानकारी गराएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार