‘भाञ्जाभाञ्जी र जेनजी’ लाई हर्क साङपाङको सन्देश: सबै श्रमदाता बनौं

विहीबार, ०३ पुस २०८२
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङपाङ

इलाम : मिलेर काम नगर्दा र आपसी कलहको कारण देशमा परिवर्तन नआएको श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङपाङले वताएका छन् । श्रम संस्कृति पार्टीको इलाम जिल्ला विस्तार तथा महाअभियान सभालाई सम्बोधन गर्दै अध्यक्ष साङपाङले अवदेखि सवै मिलेर काम गर्नुपर्नेमा जोड दिएका हुन् । 

श्रमका विषयमा धेरै समय खर्चिका साङपाङले श्रम गर्दा गर्दै त्यहिं मर्न पाउँ भन्ने आफ्नो हुटहुटी भएकाले सवैले श्रम गर्नुपर्ने दोहोर्याए । उनले ‘यो देशको भविश्य भनेको जेञ्जी हो जेञ्जी अल्छी हुनुभएन । सवैले श्रम गर्नुपर्यो साङपाङले थपे । 

जेनजी पुस्तालाई भाञ्जा भाञ्जी र जेनजी भनेर सम्बोधन गर्र्दै साङपाङले भने ‘यो देशको राजनीतिको नाममा खाली यो वाद र उ बाद यस्ता बाद र उस्ता बाद जर्मनी रसिया अमेरीकाको कुरा भो भनेर मेरो पालो यस्ता बाद भन्दा त हर्कबाद ठिक छ भनेर लगाइदिएको छु । उनले सवै मिलेर काम गरेमा देश विकास हुने दावी समेत गरे । सभा अगार्डि  साङपाङ नेतृत्वको पार्टीले जुलस सहित बजार परिक्रमा गरेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार