आन्तरिक प्रतिस्पर्धाले एमाले विभाजन हुँदैन : नवनिर्वाचित उपाध्यक्ष विष्णु पौडेल

विहीबार, ०३ पुस २०८२
नवनिर्वाचित उपाध्यक्ष विष्णु पौडेल

काठमाडौं : पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले पार्टी विभाजन नहुने नेकपा एमालेका नवनिर्वाचित उपाध्यक्ष विष्णु पौडेलले स्पष्ट पारेका छन् । महाधिवेशनको नतिजा सार्वजनिक भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निर्वाचन पार्टीको आन्तरिक जीवनमा लोकतान्त्रिक अभ्यास भएको वताएका हुन् । 

नवनिर्वाचित उपाध्यक्ष पौडेलले ‘महाधिवेशनमा हामीले लोकतान्त्रिक अभ्यास गर्छौं । यो लोकतान्त्रिक अभ्यासले पार्टीको आन्तरिक जीवन कसरी हुन्छ भन्ने प्रश्न उठ्ला हामी  मुलुकको लोकतन्त्रको च्याम्पियन हौँ भन्ने पनि यसले बताउँछ भने  । पौडेले अगाडि थपे पछिल्ला दिनमा संविधान अतिक्रमित भएको छ । लोकतान्त्रिक अधिकारमा संकुचन आएको छ । लोकतन्त्र, संविधान र अग्रगतिको पक्षमा राजनीतिक परिस्थती अनुकुल निर्माण गर्नका लागि हामी अगाडि बढ्छौं ।’ 

उपाध्यक्ष पौडेलले एमाले मुलुकको लोकतन्त्रको ‘च्याम्पियन’ भएको दाबी गर्दै पछिल्ला दिनमा संविधान अतिक्रमित हुँदै गएको र लोकतान्त्रिक अधिकारमा संकुचन आएको उल्लेख गरे । उनले लोकतन्त्र, संविधान र अग्रगतिको पक्षमा अनुकूल राजनीतिक परिस्थिति निर्माण गर्न पार्टी अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार