जेन्जी आन्दोलनमा फरार बिर्तामोडका ४० वर्षीय कैदीको भारतमा मृत्यु

शनिबार, १२ पुस २०८२

झापा । भाद्र २३/२४ गते भएको जेन्जी आन्दोलनका क्रममा काठमाडौँस्थित केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका बिर्तामोड नगरपालिका–३ का ४० वर्षीय आलम मियाको भारतमा मृत्यु भएको छ।

जबरजस्ती करणी मुद्दामा अदालतको फैसलाअनुसार करीब चार वर्षदेखि कैद सजाय भोगिरहेका मिया आन्दोलनको बेला कारागारबाट फरार भएका थिए।

फरारपछि उनी भारतको हिमाञ्चल प्रदेशस्थित H&FA पानी प्रशोधित कम्पनीमा काम गर्दै आएका थिए।

काम गर्ने क्रममा उनी २०८२ मंसिर १० गते अचानक बेहोस भएर लडेका थिए। उपचारका क्रममा उनको मृत्यु भएको जानकारी आफन्तहरूले दिएका छन्।

मियाको शव भारतको गलगलिया हुँदै नेपालको भद्रपुर सीमाना मार्गबाट बिर्तामोडस्थित घर ल्याइएको परिवारले जनाएको छ। घटना सम्बन्धी थप अनुसन्धान प्रहरीले गरीरहेको बताएको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार