निर्वाचनका लागि भारतले दिएका गाडी अर्थ मन्त्रालयलाई हस्तान्तरण

विहीबार, १५ माघ २०८२

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचानका लागि सहयोग स्वरुप भारत सरकारले उपलब्ध गराएका सवारी साधन अर्थ मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । 

बिहीबार क्याबिन पिकअप भ्यानसहितका सवारी साधन अर्थ मन्त्रालयलाई बुझाइएको हो ।

भारत सरकारले नेपाललाई कुल ६५० वटा विभिन्न किसिमका सवारी साधन उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । तीमध्ये यो दोस्रो चरणको हस्तान्तरण हो । यस चरणमा करिब २२० वटा सवारी साधन प्रदान गरिएको छ। यस भन्दा अघि पनि भारत सरकारले निर्वाचन प्रयोजनका लागि सवारी साधान उपलव्ध गराउदै आएको थियो । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार