निर्वाचनका कारण ‘कृष्ण प्रसाद भट्टराई आमन्त्रित फुटबल’ प्रतियोगिता सर्यो, फागुन २३ देखि हुने

बुधबार, २८ माघ २०८२

इटहरी । ‘स्व. कृष्ण प्रसाद भट्टराई आमन्त्रित अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता’ को मिति परिवर्तन गरिएको छ। यसअघि मिति २०८२ साल फागुन २ गतेदेखि फागुन ९ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने गरी क्लबले तयारीसहित पत्राचारसमेत गरिसकेको थियो।

तर फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन तय भएकाले जिल्ला प्रशासन कार्यालय सुनसरीले निर्वाचनअघि प्रतियोगिता नगर्न अनुरोध गरेको थियो। सो अनुरोधलाई सहर्ष स्वीकार गर्दै क्लबले पूर्वनिर्धारित मितिमा प्रतियोगिता नगर्ने निर्णय गरेको जनाएको छ।

क्लबद्वारा जारी प्रेस विज्ञप्तिअनुसार अब उक्त प्रतियोगिता २०८२ साल फागुन २३ गते शनिबारदेखि फागुन ३० गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागिता जनाउने सम्पूर्ण क्लब, सहयोगदाता, पत्रकार, बुद्धिजीवी तथा सरोकारवालालाई नयाँ मितिअनुसार सहयोग र सहभागिताका लागि आग्रह गरिएको छ।

मिति परिवर्तनका कारण सबैमा पर्न गएको असुविधाप्रति क्लबले क्षमायाचना पनि गरेको छ। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार