काठमाडौं । आंशिकदेखि सामान्य मौसम बदली भइ आज कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा वर्षा हुने छ ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले तीन प्रदेशमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति सुदूरपश्चिम,कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।
भोलि (आइतबार) कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थान र अन्य प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षा हुने छ।
सोमबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षा हुने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया