विराटनगर । स्कुटरलाई ठक्कर दिएपछि चालकको मृत्यु भएको भन्दै मोरङको उर्लाबारी नगरपालिका–३ मा यात्रुबाहक बसमा आगजनी भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगतको मंगलबारे सडक खण्डनजिकै मे१ख ३०७३ नम्वरको बसमा आगजानी भएको हो ।
उक्त बसको ठक्करले प्र१–०१–०१३ प २९० नम्बरको स्कूटरलाई ठक्कर दिंदा चालकको मृत्यु भएको भन्दै स्थानीयले बसमा आगजानी गरेका हुन् ।
दुर्घटनामा स्कुटी चालक झापाको कमल गाउँपालिका २ का ३४ वर्षीय पवन सुबेदीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
कनकाई नगरपालिका ३ निवासी बस चालक ३२ वर्षीय टंकप्रसाद सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया