ब्राउन सुगरसहित युवक पक्राउ

शुक्रबार, २६ जेठ २०८०
विराटनगर । लागूऔषध ब्राउन सुगरसहित प्रहरीले विराटनगरमा एकजना युवकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका १५ मा भारतबाट नेपालतर्फ आउँदै गरेको को३३प ३१३२ नम्बरको मोटरसाइकलमा आइरहेका धरानका ३५ वर्षीय दिनेश भुजेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट २.९८ ग्राम ब्राउन सुगर बरामद गरिएको छ । उनलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार