कोशी प्रदेशसभाको बैठक बुधबार बस्ने

सोमबार, २९ जेठ २०८०
विराटनगर । कोशी प्रदेशसभाको बैठक जेठ ३१ गते बुधबार १ बजे बस्ने भएको छ। मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिएपछि जेठ २३ देखि अर्को सूचना नभएसम्मका लागि प्रदेशसभा स्थगित भएको थियो । जेठ २४ मा नीति तथा कार्यक्रम सदनमा पेश हुने तयारी थियो । सदन स्थगनमा गएपछि नीति कार्यक्रम पेश भएको छैन । सरकार अल्पमतमा परेर सदन स्थगित भएपछि सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ। यहीबेला सभामुख बाबुराम गौतमले ससद बैठक बोलाएका छन् । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार सूचना जारी गर्दै बैठकको जानकारी दिएका हुन् । आइतबारमात्रै प्रदेशका विपक्षी दलहरुले अध्यादेशबाट बजेट नल्याउन , त्यसरी ल्याए अस्वीकार गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार