विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ मा सवारी दुर्घटनामा परी एक जना साइकल यात्रीको मृत्यु भएको छ ।
कटहरी २ गोपाल फन पार्क अगाडी ट्रकको ठक्करबाट साइकल यात्रीको आइतबार मृत्यु भएको हो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८४३९ नम्बरको ट्रकले सोही दिशा तर्फ जाँदै गरेको साइकल यात्री इलाम तिल्केनीका २१ वर्षीय सुशील पौडेललाई ठक्कर दिँदा घाइते भएका पौडेलको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालक सप्तरी खडक नगरपालिका–११ का ४० वर्षीय सुरज लाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया