मोरङको ग्रामथानमा करेन्ट लागेर एक जनाको मृत्यु

सोमबार, २९ जेठ २०८०
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–५ मा करेन्ट लागेर सोमबार दिउँसो एक जनाको मृत्यु भएको छ । कलमा मोटर जोड्ने क्रममा करेन्ट लाग्दा ग्रामथान–३ का अन्दाजी ४६ वर्षीय सिरु माझीको मृत्यु भएको हो । प्रहरीका अनुसार ग्रामथान–५ का विद्यानन्द ठाकुरको घरमा नयाँ कल गाडेर मोटर जोड्न खोज्दा करेन्ट लागेर माझी गम्भीर घाइते भएका थिए । माझीलाई दिउँसो २ बजेतिर करेन्ट लागेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार