बाढीले जलविद्युत् आयोजनामा क्षति

शनिबार, ०२ असार २०८०
विराटनगर । पाँचथर र ताप्लेजुङको सिमावर्ती इवा खोलामा आएको बाढीले राइराङ जलविद्युत आयोजनामा क्षति पुगेको छ । आयोजनाका कतिपय संरचना बाढीले बताएको छ । शुक्रबार राति आएको बाढी पाइपलाइन र पावर हाउसमा पसेको थियो । पावर हाउस र सुरुङ मार्ग पुरिएको छ । अरु संरचनामा पनि क्षति पुगेको छ । पावर हाउससहितका संरचनामा क्षति भएपछि आयोजनाबाट बिजुली उत्पादन बन्द भएको छ । १० मेगावाटको उक्त आयोजना चार वर्ष अघिदेखि सञ्चालनमा आएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार