दुर्घटनामा स्कूटर चालकको मृत्यु

आइतबार, ०३ असार २०८०
झापा । झापाको कनकाई नगरपालिकामा भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी ११ का ४७ वर्षीय मानबहादुर (मदन) बेघाको रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले बताए । पूर्वबाट पश्चिमतर्फ तीव्र गतिमा गइरहेको वा ३ ख ८६३७ नम्बरको हायसको ठक्करबाट स्कूटर चालक बेघाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बेघा प्रदेश ३–२८ प ६३४४ नम्बरको स्कूटरमा पूर्वतर्फ आउँदै थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार