बाढीपहिरोमा मृत्यु हुनेको संख्या ७ पुग्यो, २८ अझै बेपत्ता

सोमबार, ०४ असार २०८०
विराटनगर । कोशी प्रदेशमा बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । विभिन्न जिल्लामा २८ जना बेपत्ता भएका छन् । प्रभावित क्षेत्रका ६ जना घाइतेको उद्धार गरिएको छ । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार खोलाले बगाएर भोजपुर र संखुवासभामा १–१ जना पुरुषको मृत्यु भएको छ । पाँचथर र ताप्लेजुङमा पहिरोमा परी ५ जनाको मृत्यु भएको छ । पहिरोले पुरेर बेपत्ता हुनेहरुमा पाँचथरमा ४, ताप्लेजुङमा ३ जना रहेका छन् भने खोलाले बगाएर संखुवासभामा २१ जना बेपत्ता भएका छन् । बाढीले ३ वटा सवारी साधन बगाएको छ भने ३२ वटा भवन तथा घरहरू पूर्णरुपमा क्षतिग्रस्त बनेको प्रदेश सरकारले जनाएको छ । आंशिक रूपमा २२ घरमा क्षति पुगेको छ । विभिन्न स्थानमा गरी हालसम्म बाढी र पहिरोमा परी ७४ वटा चौपाया तथा ८४ वटा पशुपंक्षीको मृत्यु भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार