उदयपुर निर्माण व्यवसायी संघमा पुनः कौशल आचार्य निर्वाचित

विहीबार, २९ मंसिर २०७९
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ८ औं जिल्ला अधिवेशन र १० औं साधारणसभा सम्पन्न भएको छ । सो अधिवेशनबाट संघको अध्यक्षमा कौशल कुमार आचार्य पुनः निर्वाचित भएका छन् । अध्यक्ष पदका लागि कौशल कुमार आचार्य र प्रेमप्रसाद तिम्सिना प्रतिस्पर्धामा थिए । जसमा आचार्य ८७ मतान्तरले विजयी भएका छन् । आचार्यले १ सय ३६ मत ल्याउँदा तिम्सिनाले ४९ मत मात्रै पाएका छन् । प्रथम उपाध्यक्षमा सुनिल कार्की, दित्तीय उपाध्यक्षमा सुभाष कुमार भट्टराई, तृतीय उपाध्यक्षमा वीरेन्द्र खड्का निर्वाचित भएका छन् । यसैगरी महासचिवमा सुदीप दाहाल, सचीवमा कुल बहादुर राउत, कोषाध्यक्षमा अस्विन खड्का र सह कोषाध्यक्षमा भुवन खड्का निर्वाचित भएका छन् । यस्तै, सदस्यहरुमा सीता कुमारी बस्नेत, मन्दिप राई, एक बहादुर कार्की, उद्दव खत्री, राकेश खत्री, अनिल खड्का, बिनोद थापा, एल्विन बस्नेत, गणेश कुमार राई, प्रमोद पोखरेल, सुनिल शाह, हेम दाहाल र अनिल आचार्य निर्वाचित भएका छन् । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार