व्यवसायीप्रति बैंकको अभद्र व्यवहारको विरोधमा इटहरी बन्द

सोमबार, ११ असार २०८०
इटहरी । बैंकका प्रतिनिधिले इटहरी क्षेत्रका व्यवसायीहरुलाई दुःख दिएको भन्दै त्यसको विरोधमा आज सोमबार बजार बन्द गरिएको छ । इटहरीका व्यवसायीमाथि ग्लोबल आइएमइ बैंक लिमिटेडबाट ‘गुण्डागर्दी शैलीमा हातहतियारसहित’ आएर धम्क्याएको भन्दै विरोधमा बजार बन्द गरिएको हो । उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले विज्ञप्ति जारी गर्दै व्यवसायीमाथिको अभद्र व्यवहारको विरोधमा बन्द गर्नुपरेको जनाएका छन् । बैंकका प्रतिनिधिहरु व्यावसायिक स्थलमा प्रवेश गरी कर्जा असुलीको नाममा अमानवीय रुपमा मानमर्दन हुने गरी सामान जफत गर्ने उद्देश्यका साथ व्यवहार गरेको संघले जनाएको छ । त्यस्तो व्यवहारबाट इटहरी क्षेत्रका व्यवसायीहरु आक्रोसित एवं त्रसित भएको जनाइएको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार