राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले यसरी सम्झिए राजा महेन्द्र

शुक्रबार, ०१ पुस २०७९
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले स्वर्गीय राजा महेन्द्र शाहको सम्झना गरेका छन् । विस २०१७ साल पुस १ गते राजा महेन्द्रले कू गरेको दिनको याद गर्दै लिङदेनले महेन्द्रलाई सम्झिएका हुन् । महेन्द्रको सम्झना गर्दै लिङदेनले सामाजिक सञ्जाल ट्वीटरमा स्टाटस लेखेका छन् । लिङदेनले राजा महेन्द्रको फोटो समेत राखेर आज राजा महेन्द्रलाई सम्झिने दिन भएको उल्लेख गरेका छन् । ‘मर्यो ज्यूँदै त्यो जसले बिर्सियो देशको माटो आज राजा महेन्द्रलाई सम्झने दिन हार्दिक श्रद्धाञ्जली’ लिङदेनले लेखेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार