बजेट संशोधन नभई पास हुन्छ : अर्थमन्त्री महत

सोमबार, ११ असार २०८०
काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट संशोधन नभइकन पास हुने बताएका छन् । सोमबार संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले बजेट असार १३ गते कुनैपनि संशोधन बिना पास हुने बताए । पहिला नै धेरै सुझाव लिएर बजेट ल्याएकाले विधिभित्र रहेर काम गर्ने उनले बताए । आफूले बजेट ल्याउँदा सीमित स्रोत, साधनलाई मध्यनजर गरेर ल्याएको भन्दै उनले वास्तविकतामा बजेट आधारित रहेको दाबी गरे । बजेटमा समानता भएन भन्ने सांसदहरुको भनाइ आफूले मागेअनुसार बजेट नआएको आक्रोश मात्रै रहेको महतको टिप्पणी छ । बजेटको सीमाभित्र रहेर सम्बोधन गर्नुपर्ने ठाउँमा सम्बोधन हुने महतले बताए । ‘बजेट पास हुन्छ त्यसमा दुईमत नै छैन' महतले भने 'थोरै साधन स्रोत, आवश्यकता धेरै यो आजको वास्तविकता हो । आजको सम्भावित स्रोत साधनलाई मध्यनजर गरेर नै बजेट ल्याएको हो ।'

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार