शिवम् सिमेन्ट लिमिटेडका कार्यकारी निर्देशक दुवईमा सम्मानित

सोमबार, ११ असार २०८०
इटहरी । शिवम् सिमेन्ट लिमिटेडका कार्यकारी निर्देशक रघुनन्दन मारु दुबइमा सम्मानित भएका छन् । असार ९ गते त्यहाँ आायोजित विशेष कार्यक्रममा उनी International Achievers Conference (IAC) द्वारा आयोजित अवार्ड कार्यक्रममा Outstanding International Leadership Achievers Award-2023 बाट सम्मानित भएका हुन् । मारु शिवम् सिमेन्टको स्थापनाकालदेखि नै निर्देशकको रुपमा कार्यरत छन् । लामो समयदेखि निरन्तर व्यवसाय क्षेत्रमा सकृय रुपमा लागिपरेका कुशल नेतृत्वका साथ संस्था सञ्चालनमा अब्बल व्यक्तित्वको रुपमा उनले पहिचान बनाएका छन् । IAC ले हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरमा अवार्ड कार्यक्रम गर्दै आइरहेको छ । यस वर्ष दुवईमा १६औं अवार्ड कार्यक्रम आयोजना गरिएको हो । कन्फरेन्सको प्रमुख लक्ष्य भनेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका औद्योगिक क्षेत्रहरुलाई प्रोत्साहन गर्ने, अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने, विभिन्न राष्ट्रका महत्वपूर्ण योगदान पुर्याएका उत्कृष्ट उद्योगीहरुको छनौट गरी पुरस्कार वितरण गर्ने हो । उक्त कार्यक्रममा राष्ट्रिय स्तरका नेताहरु, सेलिब्रेटीहरु, विभिन्न राष्ट्रका उच्चपदाधिकारी लगायत २०० जनाभन्दा बढीको सहभागिता थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार