फिफा विश्वकप कतार २०२२ अन्तर्गत अर्जेन्टिना र फ्रान्सबीच आइतबार हुने फाइनल खेल पोल्यान्डका सिमोन मार्सिनियाकले खेलाउने भएका छन् । बिश्वकपको महत्वपूर्ण खेल खेलाउने जिम्मा युरोपेली रेफ्री सिमोन मार्सिनियाकले पाएका हुन् ।
मार्सिनियाकले मुख्य रेफ्रीको भुमिका निर्वाह गर्दा उनलाई पोल्यान्डकै पावेल सोकोल्निच्की र टोमास्ज लिस्त्कीविच्जले असिस्टेन्ट रेफ्रीको भूमिकामा साथ दिनेछन् । अमेरिकी इस्माइल एल्फाथ फोर्थ अफिसियलको भूमिकामा रहनेछन् । एल्फाथको नाम मुख्य रेफ्री बन्ने चर्चामा रहेपनि फिफाले युरोपेली राष्ट्रकै रेफ्रीलाई जिम्मेवारी दिएको हो ।
मार्सिनियाकले जारी विश्वकपमा फ्रान्स र अर्जेन्टिना दुवैको खेलमा रेफ्रीको भूमिका निर्वाह गरिसकेका छन् । उनले समूह चरणमा फ्रान्स र डेनमार्कबीच खेल खेलाएका थिए । उक्त खेलमा फ्रान्सले २(१ को जित दर्ता गरेको थियो । त्यस्तै राउन्ड अफ १६ मा अर्जेन्टिनाले अष्ट्रेलियालाई २(१ ले हराउँदा पनि उनी मुख्य रेफ्री थिए ।
यस्तै तेस्रो स्थानको खेलका लागि भने स्थानीय रेफ्रीले अवसर पाएका छन् । क्रोएसिया र मोरक्कोबीच हुने खेलका लागि कतारका अब्दुलरहमान अल जसिम मुख्य रेफ्री रहनेछन् । उनलाई कतारकै तालेब अल मारी र साउद अहमद अलमकालेले साथ दिनेछन् । यो जोडीले यसअघि समूह चरणमा अमेरिका र वेल्सको खेल खेलाएको थियो ।
प्रतिक्रिया