करेन्ट लागेर मजदुरको मृत्यु

शुक्रबार, १५ असार २०८०
झापा । करेन्ट लागेर झापाको बिर्तामोडमा शुक्रबार एकजना मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा बिर्तामोड नगरपालिका– ३ निवासी ४० वर्षीय धनबहादुर राजवंशी छन् । बिहान घैलाडुब्बा–बिर्ताबजार सडक खण्डअन्तर्गत बिर्तामोड–२ स्थित कच्छुबारीमा बाटोको प्लम हाल्नका लागि सडकमा जमेको पानी मोटर लगाएर फ्याँक्ने क्रममा राजवंशीलाई करेन्ट लागेको थियो । राजवंशीको घटनास्थलमनै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजालले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार