विराटनगर । बाढीले बगाएर बेपत्ता भएको १३ दिनपछि एकजनाको शव भेटिएको छ । सङ्खुवासभाको हेवा खोलामा आएको बाढीमा बगेर बेपत्ता भएकाको शव फेला परेको हो ।
असार २ गते राति आएको बाढीले बगाएर बेपत्ता एक व्यक्तिको शव चैनपुर नगरपालिका–११ दुम्कट्टामा फेला परेको प्रहरीले जनाएको छ ।
उनको पहिचान हुन नसकेको प्रहरीको भनाइ छ ।
संखुवासभामा बाढी पहिरोमा परी बेपत्ता भएका १९ जनाको अवस्था अझै अज्ञात छ ।
प्रतिक्रिया