इलाम । इलाम नगरपालिका गोदकस्थित मिलन मगरले सञ्चालन गरेको चिया तथा तरकारी पसलमा आगलागी भएको छ । गोदक नारायण चोकमा रहेको सो पसलमा शुक्रबार राति आगलागी भएको हो ।
साँझ बालिएको दियोबाट आगो सल्किएर फैलिएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
आगो नियन्त्रणका लागि इलाम नगरपालिकाको दमकल प्रयोग गरी आइतबारे प्रहरी चौकीका प्रहरी र स्थानीयले प्रयास गरेका थिए ।
आगलागीबाट पसलमा रहेका सामान तथा कच्ची घर जलेको छ करिब पाँच लाख रुपैयाँको क्षति भएको प्रहरीको अनुमान छ ।
प्रतिक्रिया