प्रतिबन्धित औषधिसहित एकजना पक्राउ, अर्का फरार

शनिबार, १६ असार २०८०
विराटनगर । मोरङको लेटाङका दुई घरबाट प्रहरीले शनिबार बिहान प्रतिबन्धित औषधि बरामद गरेको छ । प्रतिबन्धित औषधि लुकाएर एकजना पक्राउ परेका छन् । अर्का एकजना फरार छन् । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको टोलीले लेटाङ नगरपालिका–३ का ती घरबाट प्रतिबन्धित औषधि बरामद गरेको हो । नेपालमा प्रयोगमा प्रतिबन्ध लगाइएको औषधि बरामद भएपछि लेटाङ–३ का तेजनकुमार राईलाई प्रक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए । राईको घरमा ट्रामाडोल २ सय ६६ चक्की र स्पासपेन १ सय ८० चक्की बरामद भएको प्रहरीले जनाएको छ । लेटाङ–३ का श्यामकुमार लिम्बूको घरबाट पनि प्रहरीले प्रतिबन्धित औषधि बरामद गरेको छ । लुकाएर राखेको अवस्थामा ट्रामाडोल २ सय चक्की र स्पासपेन ५ सय २२ चक्की बरामद भएको हो । लिम्बू भने फरार रहेको जनाउँदै प्रहरीले खोजी भइरहेको उल्लेख गरेकोछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार