इलाम । जिल्ला सहकारी संघ इलामले जिल्लाका २१ वटा सहकारीलाई सम्मान गरेको छ ।
अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सहकारी आन्दोलनमा सहयोग गर्ने दुईवटा कम्पनी र राष्ट्रिय सहकारी बैंकलाई समेत सम्मान गरिएको हो ।
संघले आयोजना गरेको ५ दिने लेखा तालिमको समापनसँगै सहकारी तथा सहकारीलाई सहयोग गर्ने संघसंस्थालाई सम्मान गरेको हो ।
इलाम नगरपालिकाको आर्थिक सहयोगमा पाँच दिवसीय लेखा तालिम समेत सम्पन्न भएको छ । तालिममा कमल श्रेष्ठले सहजीकरण गरेका थिए ।
प्रतिक्रिया