धरानका मन्दिर, मस्जिद, गुम्बा र चर्चमा सरसफाई

मंगलबार, १९ असार २०८०
धरान । नेपाली कांग्रेसले धरानका मन्दिर, मस्जिद, गुम्बा र चर्चमा सरसफाई गरेको छ । १००औं जीपी जयन्ती एवम् नेपाली कांग्रेसको क्षेत्र नं. १ तथा प्रदेशसभा १ (१) र १ (२) को संयुक्त सम्मेलनको अवसरमा सरसफाई गरिएको क्षेत्रीय सभापति सुजेन्द्र तामाङले जानकारी दिए । पिण्डेश्वर बाबाधाम, धरान ३ मा रहेको मस्जिद, धरान ८ मा रहेको श्री हिमालय महायान रिन्छेन् छ्योलिङ वुद्धिष्ट गुम्बा र धरान १५ मा रहेको अनुग्रह चर्चमा सरसफाई गरिएको थियो । नेपाली कांग्रेस सबै धर्मप्रति समान व्यवहार र सम्मान राख्ने भन्दै सबैले सबैको धर्मप्रति सम्मान र समान व्यवहार गर्नुपर्छ भन्ने सन्देश दिन धार्मिक स्थलहरुमा सरसफाई गरिएको तामाङले बताए । कांग्रेसको क्षेत्रीय सम्मेलनको अवसरमा, व्याडमिन्टन प्रतियोगिता, मैत्रीपूर्ण फुटबल प्रतियोगिता, डोरी तान प्रतियोगिता र ५ किलोमिटर दौड प्रतियोगिताको आयोजना गर्ने क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार